जोडिनुहोस
  • होमपेज
  • ७ महिनामा ८५ लाख किलो अम्रिसो निर्यात, ५४ करोड भित्रियो

७ महिनामा ८५ लाख किलो अम्रिसो निर्यात, ५४ करोड भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त परिमाणको अम्रिसो निर्यात भएको हो ।

यसबापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो (ब्रुम ग्रास) भारततर्फ गएको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा अम्रिसोको निर्यात बढेको देखिएको छ । गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात भएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका