पछिल्लो २४ घण्टामा विश्वमा थपिए ४ लाख १३ हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा विश्वमा थपिए ४ लाख १३ हजार बढी कोरोना संक्रमित
मङ्लबार, साउन ५, २०७८

काठमाडौँ– विश्वमा पछिल्लो २४ घण्टामा थप ४ लाख १३ हजार ५६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

योसँगै विश्वमा कुल कोरोना भाइरस संक्रमितको संख्या १९ करोड १६ लाख ८३ हजार ८२२ पुगेको छ।सबैभन्दा बढी संक्रमित बेलायतमा ३९ हजार ९५० जना थपिएका छन्।

सोही अवधिमा इन्डोनेसियामा ३४ हजार २५७, भारतमा २९ हजार ४२४ र रुसमा २४ हजार ६३३ जना संक्रमित थपिएका छन्।