सुनको मुल्य बढ्यो, तोलाको कतिमा कारोबार ?

सुनको मुल्य बढ्यो, तोलाको कतिमा कारोबार ?
मङ्लबार, साउन ५, २०७८

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ४०० रुपैयाँले बढेको सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा २०० रुपैयाँ बढेको सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।