उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्छः अर्थमन्त्री शर्मा

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्छः अर्थमन्त्री शर्मा
बुधबार, साउन ६, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताएका छन् ।

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले देशको व्यापार घाटालाई निराकरणको मुख्य आधार नै औद्योगिकिकरण भएको बताएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताएका छन् । देशको व्यापार घाटालाई निराकरणको मुख्य आधार नै औद्योगिकिकरण भएको बताए ।

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको भन्दै अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नुपर्ने बताएका छन् ।

औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने साथै देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगिकिकरण भएको उनले बताए ।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए । कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गरे ।

उनले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पु¥याउनुपर्नेबताए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अग्रवालले नीजि क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमीक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।