कांग्रेस सांसद अमरेश कुमार सिंहले राजिनामा बुझाउने

कांग्रेस सांसद अमरेश कुमार सिंहले राजिनामा बुझाउने
बुधबार, साउन ६, २०७८

काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बुधबार बीपीलाई सम्झिँदै स्मृति दिवस पारेर सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ ।

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको बताएका छन् ।

पार्टी क्रियाशिल सदस्यता, समायोजन लगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।