ओली र माधवबीच तुलना हुन सक्दैनः प्रदीप ज्ञवाली

आममाफी दिने एमालेको निर्णय

ओली र माधवबीच तुलना हुन सक्दैनः प्रदीप ज्ञवाली
बिहिबार, साउन ७, २०७८

काठमाडौं । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीले नेता माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि बोल्दै प्रवक्त ज्ञवालीले बाटो बिराएका नेपाल पक्षका नेताहरु पार्टीमा फर्किए आममाफी दिन सकिने निर्णय भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत समेत गरेका छन् ।

नेपालसहित केही सांसदले भने प्रस्टीकरण दिएका छन् । त्य​स्तै प्रवक्त ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच तुलना हुन नसक्ने बताए ।

एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले बताएका छन् ।