जोन्सनको खोप लगाएपछि धादिङमा एक जना वृद्धको मृत्यु, अनुसन्धान गर्न टोली घटनास्थल

जोन्सनको खोप लगाएपछि धादिङमा एक जना वृद्धको मृत्यु, अनुसन्धान गर्न टोली घटनास्थल
शुक्रबार, साउन ८, २०७८

काठमाडौं । धादिङमा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जोन्सन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकामा जोन्सन खोप लगाएका एक वृद्धको मृत्यु भएको हो ।

खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि उनले मृत्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै नखुलेका कारण यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न नसकिने शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका प्रमुख डा. गौतमले बताएका छन् । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिने बताए ।