चीनको हेनानमा बाढीमा परी ५६ जनाको मृत्यु

चीनको हेनानमा बाढीमा परी ५६ जनाको मृत्यु
आइतवार, साउन १०, २०७८

काठमाडौँ– चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ।

बाढीपछि करिब ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको समाचारहरुमा उल्लेख छ।

गएको साताको अन्तदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ।