जोडिनुहोस
  • होमपेज
  • डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अच्राफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले फेब्रुअरी २५ मा हाकिमीले घरमै आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको प्रहरी स्रोतले बताएको बीबीसीले जनाएको छ ।

यद्दपी प्रहरीले हाकिमीलाई लागेको आरोपमाथि प्रारम्भिक अनुसन्धान थालेको छ । पीएसजी र हाकिमीले भने आरोपबारे केहि प्रतिक्रिया जनाएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका