जोडिनुहोस
  • होमपेज
  • प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान

प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान

विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव मध्याह्न १२ बजेसम्म पेस गर्न सांसदहरुलाई सूचित गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका हुन् ।

सभामुखको आदेशानुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधनसमेत० को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ । प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।

p1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका