श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत विजयी

श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टीमा भारत विजयी
सोमवार, साउन ११, २०७८

काठमाडौँ– घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतले जित निकालेको छ । कोलम्बोमा आइतवार भएको खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो । यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।