एमाले विवादएकहप्ता भित्र छिनोफानो : प्रवक्ता ज्ञवाली

एमाले विवादएकहप्ता भित्र छिनोफानो : प्रवक्ता ज्ञवाली
सोमवार, साउन ११, २०७८

पाल्पा । नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ता भित्र पार्टी भित्र देखिएको विवाद टुङ्गो लाग्ने बताएका छन् ।

पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्वोधन गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुदें भित्र रहेर एकताको छिनोफानो हुने बताए ।

माधव नेपाल लगायतका नेताहरुलाई अब धेरै दिन कुरेर नबस्ने बताउदै प्रवक्ता ज्ञवालीले एकताका लागि सबैलाई ढोका खुला राखेर अगाडी बढ्ने बताए ।

सत्तागठवन्धले एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने प्रवक्ता ज्ञवालीले बताए । उनले सर्वाेच्च अदालतको फैसला गलत, संविधान विपरित, संविधानको गलत व्याख्या भएकोले कार्यकर्ताहरुलाई भण्डारफोर अभियान सञ्चालन गर्न निर्देशन दिए ।