हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सोमवार, साउन ११, २०७८

सर्लाही । सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

हरिवन नगरपालिका वडा नम्बर ४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।

सोमवार बिहान विवाह कार्यक्रममा जाँदै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको हो ।