बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ
सोमवार, साउन ११, २०७८

सिरहा । सिरहामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी नगरपालिका–१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामा रहेका छन् ।

ती बालिकालाई लामाले ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।