विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट कोरोनाविरुद्ध खोप लगाउन पाउने

विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट कोरोनाविरुद्ध खोप लगाउन पाउने
सोमवार, साउन ११, २०७८

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खोप लगाउन सक्ने जानकारी दिएको छ ।

‘काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ ।