पार्टी एकताको प्रयास भइरहेको नेपाल पक्षको निष्कर्ष

पार्टी एकताको प्रयास भइरहेको नेपाल पक्षको निष्कर्ष
सोमवार, साउन ११, २०७८

काठमाडौं । एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

माधव नेपाल पक्षीय नेताहरुको आईतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिको बैठकले पार्टी एकताका लागि भईरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।

उक्त बैठकले एकताका लागि भैरहेका सबै प्रयासहरु सकारात्मक रहेको ठहर गर्दै टुंगोमा पु¥याउन थप प्रयास गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी एकताका लागि भईरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई आग्रह समेत गरेको छ ।

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए ।

पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढ्न आफूहरु तयार रहेको उनले बताए ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनस्र्थापनासँगै यसको काम कारवाहीलाई प्रभावकारी रुपमा कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।