जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाउने निर्वाचन आयोगको निर्णय

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाउने निर्वाचन आयोगको निर्णय
सोमवार, साउन ११, २०७८

अमृतराज काफ्ले काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव समुहलाई दिने निर्णय गरेको छ ।

आधिकारिताको विवाद निर्वाचन आयोगमा पुगेपछि आज भएको सनाखतमा जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाउने निर्णय सुनाएको हो ।

जसपाको उपेन्द्र यादव समुहमा ३४ जना र महन्थ ठाकुरको पक्षमा भने १६ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन् ।

बहुमत कार्यकारिणी समिति सदस्य यादव पक्षमा रहेकाले आधिकारिता समेत उसैले पाउने आयोगको निर्णय छ । आयोगले सोमबार हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

जसमा बहुमत सदस्यले यादवलाई निलम्बित सांसद् तथा कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । आयोगमा सनाखतपछि जसपा अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताए ।

जसपा नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाउदै प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको उनको भनाई छ ।

निवाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव समुहलाई दिने निर्णय गरेको भएपनि महन्थ ठाकुर पक्षलाई भने नयाँ दल दर्ताका लागि आह्वान समेत गरेको छ । अब उपेन्द्र यादव समुहको जसपाले कारबाही ग¥यो भने ठाकुर पक्षमा रहेका सांसदको पद समेत स्वतः खारेज हुनेछ ।