सुनको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
मङ्लबार, साउन १२, २०७८

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।