जोडिनुहोस
  • होमपेज
  • विश्वकप लिग २: सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रोमा उक्लिए

विश्वकप लिग २: सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रोमा उक्लिए

काठमाडौं । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ ।

नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए । आज भएको दोस्रो म्याचमा उनले आफ्नो लय कायम राख्दै शानदार प्रदर्शन गर्न सफल भए । सन्दीपले केवल २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

लिग २ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा ओमानका बिलाल खान छन् । उनले ३५ म्याचमा ७६ विकेट लिइसकेका छन् । विलालभन्दा १० म्याच कम खेलेका सन्दीपले ५८ विकेट लिँदै दोस्रो स्थान बनाएका हुन् । अमेरिकाका एसएन नेत्रभल्करले पनि ५८ विकेट नै लिएका छन्, तर उनको भन्दा सन्दीपको स्ट्राइक रेट राम्रो छ । नेत्रभल्करले पनि सन्दीपभन्दा १० म्याच बढी खेलेका छन् ।

सन्दीपले १५.५५ को औसत र ३.९४ को इकोनोमीमा बलिङ गरिरहेका छन् । उनको औसत लिग २ मा बलिङ गर्ने सबै देशका बलरहरूको भन्दा राम्रो छ । सन्दीपले अब लिग २ अब बढीमा ६ म्याच खेल्न सक्छन् । सूचीको पहिलो स्थानमा आउन उनले ६ खेलमा १९ विकेट लिनुपर्ने हुन्छ, जुन निकै कठिन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका