कोरोना संक्रमितसँगै मृतकको संख्या बढ्दो

कोरोना संक्रमितसँगै मृतकको संख्या बढ्दो
बुधबार, साउन १३, २०७८

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लाग्दै गएको छ ।

केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढेकोे देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमार्फत् जानकारी दिएका छन् ।

मंगलबार (हिजो) देशभर ३ हनार ८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो ।

देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ । भने निको हुनेको संख्या लाख ४९ हजार ७२ जना भएका छन् ।