काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइँदै

काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइँदै
फाइल तस्वीर
बिहिबार, साउन १४, २०७८

काठमाडौं- आज (बिहीबार)देखि काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडाैं, भक्तपुर तथा ललितपुर) मा पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदै छ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खाेपकेन्द्रकाे व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएकाे छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।