जोडिनुहोस
  • होमपेज
  • एमबाप्पेको कीर्तिमानमा पीएसजी विजयी

अन्तर्राष्ट्रिय

एमबाप्पेको कीर्तिमानमा पीएसजी विजयी

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन २१, २०७९
एमबाप्पेको कीर्तिमानमा पीएसजी विजयी

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ४-२ गोल अन्तरले हराएको हो ।

खेलको १२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा जोएन हड्जमले आत्मघाती गोल गरेपछि पीएसजी २-० ले अघि रह्यो ।

खेलको ३१ औं मिनेटमा लुडोभिच ब्लासले गोल गर्दै नान्टेसलाई २-१ को स्थितिमा ल्याए । ३८ औं मिनेटमा इग्नाटिउस गनागोले गोल गर्दै नान्टेसलाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा डानिलो परेराले गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४-२ को जित दिलाए ।

यस गोलसँगै एमबाप्पे पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पेले पीएसजीका लागि २०१ गोल पूरा गर्दै एडिन्सन काभानीको कीर्तिमान भङ्ग गरेका हुन् ।

एमबाप्पेले २ सय ४७ खेलमा २०१ गोल पूरा गरेका हुन् । यस जितसँगै पीएसजीले २६ खेलमा ६३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा कायम रहेको छ । नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका