दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बिहिबार, साउन १४, २०७८

उदयपुर । दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

फरार प्रतिवादीलाई उदयपुरको बेलका नगरपालिका–८ स्थित सेतीखोलाबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने त्रियुगा नगरपालिका–८ चुहाडे घर भएका ६६ वर्षीय पूर्ण बहादुर विष्ट हुन् । पक्राउ गरेर विष्टलाई बुधवार अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विष्टलाई जिल्ला अदालत उदयपुरले लागु औषध गाँजा मुद्दामा २ हजार जरिवाना र २८ दिन कैद सजाय हुने फैसला गरेको थियो ।