जोडिनुहोस

खेलकुद

बायर्न शीर्ष स्थानमा

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन २१, २०७९
बायर्न शीर्ष स्थानमा

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३९ औं मिनेटमा माथिस डी लिग्टले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा स्टुटगार्डका जुवान जोसे पेरेयाले गोल गरेपनि बायर्न २-१ ले विजयी भयो । जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ ।

बायर्नले २३ खेलमा ४९ अंक जोडेको छ । स्टुटगार्ड १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका