जोडिनुहोस
  • होमपेज
  • नेपालमा बिहानै दुई स्थानमा भूकम्प

नेपालमा बिहानै दुई स्थानमा भूकम्प

काठमाडौँ । नेपालमा आइतबार बिहान दुई ठाउँमा भूकम्प गएको छ । आधा घण्टाको अन्तरमा अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेपालञ्चोकमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ८ बजेर ३५ मिनेट जाँदा अछाममा ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । यसअघि गत १७ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका