जसपाले जागरण अभियान सञ्चालन गर्दै, भोलि संसदीय दलको नेता छान्ने

जसपाले जागरण अभियान सञ्चालन गर्दै, भोलि संसदीय दलको नेता छान्ने
शुक्रबार, साउन १५, २०७८

काठमाडौँ– जनता समाजवादी पार्टीले पार्टी सुदृढिकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गरेको हो ।

भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी गरिनेछ । त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीमा आउन सक्ने समस्या छानविनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । महन्थ ठाकुरलगायतलाई कारवाही नगरेको तर उनीहरु आफैनै आधिकारीक पक्षमा नआएको जसपाको ठहर छ ।

विहिबारको बैठकले सरकारमा जाने बिषयमा भने ठोस निर्णय गरेन । साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने तय भएको छ ।