टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन

टोकियो ओलम्पिकमा सरस्वतीको सामान्य प्रदर्शन
शुक्रबार, साउन १५, २०७८

काठमाडौँ– टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छिन् ।

महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌।

आफ्नो हिटमा रहेका ९ मध्ये उनी आठौं स्थानमा रहिन् ।  यससँगै नेपालको टोकियो अ‍ोलम्पिकमा चुनौती सकिएको छ ।

नेपालबाट टोकियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके ।

पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए पनि जुडोकी सोनिया भट्ट र सरस्वती भने पहिलो चरणबाटै बाहिरिएका हुन् ।