जोडिनुहोस
  • होमपेज
  • भारतको अविश्वसनीय प्रगति र मोदीको बिल गेट्सले गरे खुलेर प्रशंसा

भारतको अविश्वसनीय प्रगति र मोदीको बिल गेट्सले गरे खुलेर प्रशंसा

नयाँ दिल्ली–अरबपति बिल गेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा भारतले गरेको नवीन कार्य बारे लामो छलफल भएको माइक्रोसफ्ट सह–संस्थापक गेट्सले आधिकारिक ब्लग गेट्समा लेखेका छन् ।

भारतमा विकास गरिएका आविष्कारहरूले कसरी विश्वलाई फाइदा पुर्‍याउन सक्छ र अन्य देशहरूलाई तिनीहरूलाई कसरी अपनाउन सक्छन् भनेर छलफल भएको गेट्सले बताएका छन् ।

कोभिड महामारीको समयलाई स्मरण गर्दै गेट्सले आफ्नो आधिकारिक ब्लगमा भारतले कोभिड विरुद्धको खोपहरु विकास गर्न र भारतको स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विषयमा प्रधानमन्त्री मोदीसँग छलफल गरेको दाबी गरेका छन् ।

‘भारतसँग धेरै सुरक्षित, प्रभावकारी र किफायती खोपहरू उत्पादन गर्ने अद्भुत क्षमता छ, तीमध्ये केही गेट्स फाउन्डेशनले सहयोग गरेको छ । भारतमा उत्पादित खोपहरूले महामारीको समयमा लाखौंको ज्यान जोगाएको छ र विश्वभरि अन्य रोगहरूलाई रोकेको छ,ू गेट्सले आफ्नो ब्लगमा लेखेका छन् ।

नयाँ, जीवन बचाउने प्रविधिहरू बनाउन र वितरण गर्न दुवैमा भारत उत्कृष्ट रहेको भन्दै गेट्सले भारतले कोभिड भ्याक्सिनको २.२ बिलियन भन्दा बढी डोज वितरण गरेको उल्लेख गरे। विश्व महामारीसँग जुधिरहेको बेलाू प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले गरेको कामको प्रशंसा गर्दै गेट्सले २० करोड महिला सहित ३० करोड मानिसहरूआपतकालीन डिजिटल भुक्तानी पठाउन सक्षम भएको भन्दै मोदी सरकारको प्रशंसा गरेका छन् ।

गेट्सले क्षयरोग, भिसेरल लेशम्यानियासिस, र लिम्फेटिक फाइलेरियासिस जस्ता ूघातक र कमजोर पार्ने रोगहरूलाई निर्मूल पार्न प्रधानमन्त्री मोदीको प्रयासको पनि प्रशंसा गरे। अन्त्यमा गेट्सले भारतले स्वास्थ्य, पूर्वाधार विकास, जलवायु क्षेत्रमा प्रगति गरिरहेको बताए । यस्तै, उनले नवप्रवर्तन क्षेत्रमा लगानी गर्दा के–कस्ता सम्भावना रहेका छन् भनेर अध्ययन गरिरहेको बताएका छन् । सम्भव छ भनेरखोू। (एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका