जोडिनुहोस
  • होमपेज
  • कोभिडजस्तै फैलिँदै एचथ्रीएनटु इन्फ्लुएन्जा

कोभिडजस्तै फैलिँदै एचथ्रीएनटु इन्फ्लुएन्जा

नयाँ दिल्ली । चिकित्सकले एचथ्रीएनटु इन्फ्लुएन्जासँग सावधान रहन सुझाएका छन् । उनीहरुले यो कोरोनाजस्तै फैलिने बताएका छन् । एम्सका पूर्व निर्देशक डा. रणदीप गुलेरियाले भारतमा फैलिरहेको एचथ्रीएनटुबाट बच्न मास्क लगाउन र समाजिक दुरीको पालना गर्नुका साथै बारम्बार हात धुन सुझाव दिएका हुन् । वृद्धवृद्धाका साथै पहिले नै अन्य रोगबाट ग्रसितहरुलाई यसले समस्या सिर्जना गर्न सक्ने उनीहरुको चेतावनी छ ।

त्यस्तै, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पनि सोमबार स्वास्थ्य विज्ञहरुसँग एचथ्रीएनटु इन्फ्लुएन्जाको बढ्दो मामिलाबारे छलफल गरेको छ । छलफलमा विज्ञहरुले देशमा कोरोनाका केसहरु कम भए पनि इन्फ्लुएन्जाका केसहरु बढिरहेको बताएका थिए । उनीहरुले प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरुका लागि इन्फ्लुएन्जा खतरनाक हुनसक्ने चेतावनी दिएका थिए ।

पछिल्लो दुई महिनामा भारतको राजधानी नयाँ दिल्लीसहित कयौँ क्षेत्रमा इन्फ्लुएन्जको मामिला बढिरहेका छन् । कोरोनापछि फ्लुका केसहरु बढेसँगै मानिसहरु डराएका छन् । किनभने यसको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको छ ।

मेदान्ता अस्पतालको आन्तरिक चिकित्सा विभागका शीर्ष निर्देशक सुशीला कटारियाका अनुसार इन्फ्लुएन्जा–ए भाइरसको एचथ्रीएनटु स्ट्रेनबाट संक्रमितहरुलाई २–३ दिनसम्म ज्वरो आउने गर्दछ । त्यस्तै शरीर दुख्ने, टाउको दुख्ने र घाँटी पोल्ने समस्या देखिन्छ भने खोकी दुई हप्तासम्म जारी रहन्छ । यसलाई फ्लुको सामान्य लक्षणमा राखिन्छ ।

तर, प्राइमस स्लीप एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख एस.के. छाबडाले न्युज एजेन्सी आईएएनएससँग कुराकानी गर्दै बिरामीहरुलाई भाइरल ज्वरोको साथै रुघाखोकी र ब्रोन्काइटिसजस्ता फोक्सोसँग जोडिएका समस्याहरु पनि देखिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका