भारतमा एकैदिन ४० हजार संक्रमित थपिए, ४२४ को मृत्यु

भारतमा एकैदिन ४० हजार संक्रमित थपिए, ४२४ को मृत्यु
सोमवार, साउन १८, २०७८

काठमाडौँ– भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या आज विश्वामा संक्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै हो । योसहित भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ३६८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २० हजार ८७९ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४२४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ८०८ पुगेको छ ।