डाटा सुरक्षित राख्न पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड

डाटा सुरक्षित राख्न पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड
शुक्रबार, साउन २२, २०७८

काठमाडौं – कुनै पनि डाटा वा तस्बिर भिडियोको संग्रह गर्न हामी डिजिटल मेमोरीको प्रयोग गर्दछौ । यो मेमोरी कम्प्युटरको हार्ड डिस्क, फोनको मेमोरी, मेमोरी कार्ड वा पेन ड्राइभ लगायतमा राख्ने गरीन्छ । यस्तोमा पेन ड्राइभमा राखिएको सामाग्री सजिलै अरुले नहेरुन् भनेर र यसलाई सुरक्षित पार्न यसमा पासवर्ड राख्न सकिन्छ । तर कसरी ?

– पेन ड्राइभमा पासवर्ड राख्न पहिले कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् ।
– पेनड्राइभमा डाटा भए त्यसलाई स्क्यान गर्नुहोस्, खाली भए फम्र्याट गर्नुहोस् ।
– त्यसपछि यसमा राइट क्लिक गरेर ‘टर्न अन बिटलकर’ रोज्नुहोस् ।
– अब एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ ।
– नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ ।
– अब ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।
– त्यसपछि इच्छाअनुसार कुनै पनि पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् ।
– अब फेरि एउटा विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्न सोधिएको हुन्छ ।
– एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ ।
– अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् ।
– कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गर्नुहोस् ।
– यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।
– जबसम्म ‘स्टार्ट इनक्राइप्टिङ’ अप्सन आउँदैन तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।
– इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ ।
– एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् ।

अब पेनड्राइभ लक भएको पाउनु हुनेछ । अब यसलाई विना पासवर्ड खोल्न सकिदैन । पेनड्राइभ जसको हातमा परे पनि कसैले पनि तपाईंको डाटा दुरुपयोग गर्न सक्दैन ।