जोडिनुहोस
  • होमपेज
  • प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै

प्रहरीको नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार हिजो नै बैठक बस्नु पर्ने भए पनि आजलाई सारिएको हो।

अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी )नियुक्त गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो।

भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन्। बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका दाबेदार हुन्। उनीहरुलाई सरकारले केहीदिन अघि मात्रै एआईजीमा बढुवा गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?