काबुलमा एयरपोर्टतर्फ जाँदै गरेका एक जना जर्मन नागरिकमाथि गोली प्रहार

काबुलमा एयरपोर्टतर्फ जाँदै गरेका एक जना जर्मन नागरिकमाथि गोली प्रहार
शुक्रबार, भदौ ४, २०७८

काठमाडौं । अफगानिस्तानको काबुलमा एयरपोर्ट बाहिर मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ ।

अफगानिस्तानमा काबुल एइरपोर्टमा जाँदै गरेका एक नागरिकलाई प्रहार भएको छ । आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने जर्मनीको सरकारका प्रवक्ताले जानकारी जानकारी दिदै भनेका छन् ।

अहिले अफगानिस्तानका मानिस कुनै पनि अवस्थामा त्यहाँबाट निस्किने प्रयासमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अझै पनि काबुलको एयरपोर्ट अझै पनि अस्तव्यस्त देखिएको छ ।

जर्मनीको समाचार एजेन्सी डीपीएका अनुसार जर्मन दूतावासले एयरपोर्ट जाने मानिसलाई चेतावनी जारी गर्दै एयरपोर्टको प्रवेशद्वारमा आक्रमण हुन सक्ने भन्दै सर्तक रहन आग्रह समेत गरेको छ ।

जर्मनीको सेनाले अफगानिस्तानबाट आफ्ना नागरिकलाई बाहिर ल्याउन हेलिकोप्टर पठाउने विषयमा विचार गरिरहेको बताएको छ ।

एजेन्सीको सहयोगमा