जोडिनुहोस
  • होमपेज
  • बेलारुसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने पुटिनको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले यो कदमले अप्रसार सम्झौताको उल्लंघन नहुने र अमेरिकाले युरोपेली मुलुकहरुमा आफ्नो हतियार राखे जस्तै रुसले बेलारुसमा हतियार राख्न खोजेको उल्लेख गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकाले बेल्जियम, जर्मनी, नेदरल्यान्डस्, इटाली र टर्कीमा हतियार भण्डारण गरेको छ । पुटिनले अमेरिकाले युरोपमा हतियार राखे जस्तै रुसले बेलारुसमा गर्न लागेको तर्क गरेका छन् ।

मस्कोले ती हतियारको नियन्त्रण मिन्स्कलाई हस्तान्तरण नगर्ने पुटिनको भनाइ छ । पुटिनलाई बेलारुसमा चुस्त किसिमको आणविक हतियार भण्डारण हुने बताउँदै आगामी जुलाई १ सम्ममा भण्डारण प्रक्रियाको काम सम्पन्न हुने जानकारी दिएका छन् ।

रुसको घोषणापछि अमेरिकाले भने रुसले आणविक हतियार प्रयोगको तयारी गरिरहेको आफूले विश्वास नगरेको प्रतिक्रिया दिएको छ ।

सन् १९९० को मध्यपछि मस्कोले देश बाहिर हतियार राख्न लागेको यो पहिलो पटक हो । पछिल्लो एक बर्षभन्दा बढी समयदेखि युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला पुटिनको यो घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका