काठमाडौं उपत्यकामा  निषेधाज्ञा निरन्तरता दिने तयारी

काठमाडौं उपत्यकामा  निषेधाज्ञा निरन्तरता दिने तयारी
सोमवार, भदौ ७, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा निरन्तरता दिने तयारी गरिएको छ। । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको छ । संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनको भनाइ छ ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो ।

संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ ।