Tue May 17 2022
मुख्य खबर

संस्कृत : पूर्वीय संस्कृतिको स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार

काठमाडौँ– संस्कृत : पूर्वीय संस्कृतिको स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका थिए ।

समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।