Sat May 21 2022
देश

ओलीको अष्टलाई बधाई, माधव समूह छाडेर आएका सदस्यहरुलाई स्वागत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन् ।

मंगबार तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका हुन् ।

शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी छन् ।

१० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई ओलीले स्वागत पनि गरे ।

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।