पोखरा । पोखरामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पोखराको नागढुंगामा ग १ य ११७१ नम्बरको गाडीले ग २० प ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखरा–१७ विरौटाका २९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो ।
सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।