काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन बोलाएका छन् ।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्था लगायत समसामयिक राजनीतिक विषयमा धारणा राख्न पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । ओलीको सचिवालयका अनुसार पत्रकार सम्मेलन तुल्सिलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहान ११ बजे हुनेछ ।
पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमति भएसँगै नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वमा फर्किएका छन् ।