जोडिनुहोस
  • होमपेज
  • एसइईमा चिट चोराउने निरीक्षक पक्राउ

एसइईमा चिट चोराउने निरीक्षक पक्राउ

जनकपुरधाम – धनुषामा एसइई परीक्षाको पहिलो दिनमै विभिन्न लापरवाही देखिएको छ।

आज शुक्रबारदेखि सुरु भएको परीक्षामा चिट चोरी गराएपछि एकजना निरीक्षक पक्राउ परेका छन् भने एउटा केन्द्रमा गलत प्रश्नपत्र पठाएपछि परीक्षा ढीलो गरी भएको छ।

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्।

उनले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराइ आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा कार्यरत शिक्षक यादवलाई विपि कोइरालाको परीक्षा निरीक्षकमा खटाइएको थियो।

पहिलो दिन फेला परेको मोबाइल उनको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाएको र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले कपी गरेको पाइएको हो।

यस्तै, औरही गाउँपालिकास्थित मा.वि. चक्करमा अंग्रेजी विषयको प्रश्नपत्रको ठाउँमा नेपाली विषयको प्रश्नपत्र पुगेपछि ढिलोगरि परीक्षा भएको हो।

अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्नपत्र फेलापरेपछि मुचुल्का गरेर त्यस केन्द्रमा करिब १ घण्टा ढिलो गरी परीक्षा भएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए।

उनले प्राविधिक त्रुटीका कारण यस्तो भएकाले यस्तो भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका