Wed May 18 2022
मुख्य खबर

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, विभाजनको पक्षमा लागेकालाई कारबाही गरिने

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिए।

बैठकमा  पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।