जोडिनुहोस
  • होमपेज
  • लालबन्दी नगरपालिकाः शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

लालबन्दी नगरपालिकाः शिक्षा शाखा प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख (उपसचिव) वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

तिमल्सिना साबिक जिल्ला शिक्षा कार्यालय सर्लाहीको उप जिल्ला शिक्षा अधिकारी रहँदा साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएका पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख बेगर नै पदस्थापन गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

तत्कालीन उप जिल्ला शिक्षा अधिकारी तिमल्सिनाले पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय सर्लाहीको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाएको आयोगको दावी गरेको छ ।

साबिक डिम जनता उच्च मावि, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य तथा हाल रामअवतार जनता मावि हरिवनका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न नक्कली लिखत बनाएको ठहर आयोगले गरेको छ ।

केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वाका शिक्षक पाँचु रायले साबिक डिम जनता उच्च मावि सर्लाहीको निर्णयानुसार उच्च माध्यमिक शिक्षकको रुपमा करार नियुक्ति भएको भन्ने व्यहोरा उल्लेख गर्दै आयोगले उनीविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका