Sat May 21 2022
मुख्य खबर

नेपालमा थप १ हजार ५७७ जनामा कोरोना भाइरस संक्रमण, २५ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।