दाङ । इलाका प्रहरी कार्यालय गढवाले ५३ दशमलव ८९ क्युफिट अवैध सालको चिरान काठसहित तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान गढवा–६ क्रकहवाबाट लमही तर्फ लु २ च ७७४१ नम्बरको पिकअप जिपमा १२ थान चिरान सालको काठसहित तीन जनालाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको थियो।
गढवा गाउँपालिका–४ खडकपुर निवासी २४ वर्षीय साहिद मुसलमान, राप्ती गाउँपालिका–५ कालापानी निवासी २६ वर्षीय प्रदीपकुमार चौधरी र सोही पालिका–८ पिपरा निवासी ३७ वर्षीय विनोद चौधरीलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्ति, चिरान काठ र ओसार पसारमा प्रयोग गरिएको गाडी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। घटनाबारे वन डिभिजन कार्यालयले अनुसन्धान थालेको छ।