जोडिनुहोस
  • होमपेज
  • इन्धनमा घटेको मूल्य आजदेखि लागू, कतिमा हुँदैछ कारोबार ?

इन्धनमा घटेको मूल्य आजदेखि लागू, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ३ रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका