जोडिनुहोस
  • होमपेज
  • सिटी होटलको आइपीओ बिक्री खुला

सिटी होटलको आइपीओ बिक्री खुला

काठमाडौं । सिटी होटलले आईपिओ आज चैत २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि उक्त आईपिओ निष्काशन गरेको हो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने जनाएको छ ।

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गर्न लागेको छ । यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका