Wed May 18 2022
देश

एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मान्दैनः ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गरेका छन ।

उनले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क गरेका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनाव लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क गरेका छन ।

उनले एमालेसँग एक्लै चुनाव लडन कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी गरेका छन । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले जितेर देखाउन चुनौती दिएका छन ।

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोईटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताए । एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उनले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन ।

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावी गरे । उनले पार्टीमा फुट नआएको दावी गरे । नुहाउँदा एक÷दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो ।

अध्यक्ष ओलीले माधव नेपालहरुलाई एक÷दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दैमा टाउँको मुडुलो नहुने बताए ।