Sat May 21 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा ५ सय ४९ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ५ सय ४९ जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७०, भक्तपुरमा ६७ र ललितपुरमा १ सय १२ जना संक्रमित थपिएका हुन्।

यस्तै, काठमाडौंमा हाल ९ हजार २७८ संक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५ हजार ५८३, भक्तपुरमा १ हजार ४४० र ललितपुरमा २ हजार २५५ सक्रिय संक्रमित छन्।