Fri May 27 2022
मुख्य खबर

पाल्पामा घरको गारो भत्किँदा च्यापिएर बालिकाको मृत्यु

पाल्पा – पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

तानसेन–५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको गारो भत्किँदा त्यसमा च्यापिएर उनकी १० वर्षीया छोरी नैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजेतिर घर भत्किँदा गम्भीर घाइते भएकी नैनाको युनाइटेड मिसन अस्पतालमा उपचार शुरू नगर्दै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकात्मक तस्वीर