Thu May 19 2022
मुख्य खबर

बलात्कार आरोपमा म्याग्दीबाट एक किशोर पक्राउ

म्याग्दी– बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् ।

शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा लगेर ती किशोरले भदौ २ देखी १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ ।